पोखरेली व्यवसायी सडकमा, ब्याजदर नघटाए अर्थमन्त्रालय र राष्ट्रबैंक घेर्ने चेतावनी
पाेखरा | फागुन ११, २०७९
पोखरा: पोखरेली व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर नघटाए अर्थमन्त्रालय र राष्ट्र बैंक घेर्ने चेतावनी दिएका छन् ।
पोखरा र लेखनाथ क्षेत्रका व्यवसायीहरुले बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजबाट आहत भएपछि आज पोखरामा सडक आन्दोलन गर्दै यस्तो चेतावनी दिएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइरालाले बैंक तथा बित्तीय संस्थाहरुले एकोहोरो रुपमा ब्याजदर वृद्धि गरेको बताए ।

‘व्यवसायीहरुले बैंक तथा बित्तीय संस्थाबाट ऋण लिने क्रममा गरिरहेको सम्झौता विपरित ब्याजदर वृद्धि गरिएको छ, कोइरालाले भने, ‘बैंक तथा बित्तीय संस्थाहरुले एकोहोरो रुपमा ब्याजदर वृद्धि गरेर व्यापारीहरुलाई मारमा पारेका छन्, ऋण तिदैनौं भनेका छैनौं तर एकोहोरो रुपमा वृद्धि गरिएको ब्याजदर घटाउनुपर्छ ।’
राजनीतिक दलहरुले हरेक कुरामा राष्ट्रिय सहमति खोज्दै आएपनि व्यवसायीहरुको गुनासोमा चासो नदेखाएको उनले बताए ।‘व्यापारीहरुलाई चर्को ब्याजदरले मारमा पार्नु भनेको अर्थतन्त्र धरायसी बनाउनु हो, राज्यले कुनै किसिमको सहयोग गर्न सकेको छैन, उनले भने, ‘राजनीतिक दलहरुले राष्ट्रिय सहमतिको नारा लगाएपनि व्यापारीको पक्षमा कुनै चासो नदेखाउन दुखद पक्ष हो ।’
उनले व्यवसायीहरुले तिर्न सक्ने कर्जाको कार्ययोजना तयार गरेर नै बैंक तथा बित्तीय संस्थाहरुबाट कर्जा लिए पनि सम्झौता विपरित एकोहोरो ब्याजदर वृद्धि गर्दा व्यवसायी धरायसी भएको बताए ।
विरोध कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बैंक तथा बित्तीय संस्थाहरुले दैनिक फोन गरेर कर्जा चुक्ता गर्न दवाव दिदा व्यवसायीहरुमा नकारात्मक असर परेको बताए ।
‘बैंक तथा बित्तीय संस्थाहरुले दिनहुँ व्यवसायीहरुलाई ऋण तिर्न दवाव दिदैं आएका छन्, व्यवसायीहरुको घर लिलामी गर्छु भन्छन्, प्रजापतिले भने, ‘बैंक तथा वित्तिय संस्थाबाट सम्झौता भएर ऋण लिएको छ त्यसको विपरित एकोहोरो रुपमा ब्याजदर वृद्धि भएको छ, कसरी तिर्ने ?’
आजबाट सांकेतिक रुपमा विरोधको कार्यक्रम सुरु गरेका छौं, बैंक तथा बित्तीय संस्थाहरु हेरेका बसेका छन्, यसरी नै हेरेर बसे अर्थमन्त्रालय र राष्ट्रबैंक घेर्न व्यवसायी पछि हट्ने छैनन्, त्यसबाट हुने क्षतिको जिम्मा सरकारले लिनुपर्ने व्यवसायीले बताएका छन् ।
पोखरा र लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुले आज (बुधबार) पोखराको विपीचोकमा चर्को ब्याजदर घटाउने मागसहितकोे ‘उच्च सेवा शुल्क खारेज गर, गरिखाने मर्दै छ सरकारको अर्थतन्त्र घट्दै छ,उद्योग व्यापार नबाचे अर्थतन्त्र बाच्दैन, व्याजदर चर्को भो गरिखान गाह्रो’ भो लगायतका नारासहित विपीचोकमा शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।


गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

